शिक्षक लाइसेन्स फारम अनलाइनबाट भर्न सकिने, तपाई यहावाट Direct फारम बुझाउन सक्नुहुनेछ।Click Here


         शिक्षक सेवा आयोगले पहिलोपटक अनलाइन मार्फत अध्यापन अनुमति पत्रको विज्ञापन दरखास्त लिने भएको छ । आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी ३ वटै तहको अध्यापन अनुमति पत्रको विज्ञापन एकैपटक खोल्ने तयारी गरेसंगै अनलाइन मार्फत दरखास्त दिने प्रणालीको सुरुवात गरेको हो । यस पटक साविककै योग्यता (प्राथमिक र निम्न माध्यमिक तहको लागि प्रमाणपत्र तथा माध्यमिक तहको लागि स्नातक) भएका उम्मेदवारहरुले परीक्षामा भाग लिन पाउने भएका छन् ।

आयोगका प्रवक्ताका अनुसार आयोगको वेभसाइट www.tsc.gov.np मा अनलाइन फारम परीक्षणको रुपमा राखिएको छ । सो फारममा गइ आफ्नो व्यक्तिगत खाता खोलेर आयोगलाई सुझाब दिन समेत आयोगले आग्रह गरेको छ । सुझाबकै आधारमा २-३ दिनमा विज्ञापन आव्हान गरिएको छ।

तपाई यहावाट Direct फारम बुझाउन सक्नुहुनेछ।Click Here


कसरी भर्ने फारम ?

1.Login गर्ने तरिका
# सर्वप्रथम आयोगको वेवपेज www.tsc.gov.np खोल्नुहोस् ।
#होमपेजको "Online Application" बटनमा क्लिक गर्नुहोस् ।







1.तपाई नयाँ युजर हो भने "नयाँ" भन्ने बटनमा क्लिक गर्ने ।

2.User बनाउन Full Name,Mobile No, email, Date of Birth को सहि जानकारी राख्नु पर्नेछ पछी फारममा यही जानकारीको प्रयोग हुनेछ

3.Date of birth भन्ने बटनमा Month मा click गरेपछि Calendar Active हुन्छ । सोही Calendar बाट Month, Year र Date choose गर्ने ।

4.नयाँ युजरको लागि नयाँ भन्ने बटनमा क्लिक गरी आफ्नो विवरण सहि र पछि फरक नपर्ने गरी Create भन्ने बटनमा क्लिक गर्नुहोस ।

5.User Create गरेपछि email address मा login गरेर Activation code Check गर्ने र सो code आउन केही समय लाग्न सक्छ । code आएपछि सो कोड राखेर active गर्ने अनि Password राख्ने ठाँउमा Password राख्ने र पुन confirm गरेर user बनाउने l
तपाँइको Email मा Activation code नआएमा Back गरि रीसेट बटनमा Click गर्ने र UserID मा Email address (पहिला बनाएको) राख्ने र phone number ma पहिलाकै मोबाइल नम्वर राख्ने email मा पुन माथिकै email address राख्ने । सबै Information जस्ताको तस्तै भरेपछि तपाईले राख्नु भएको Information मिलेमा password रिसेट गर्न पाउनु हुनेछ र login गर्न पाउनु हुनेछ । Information गलत भएमा रिसेट हुने छैन ।







फारम भर्ने तरिका
1.User create भएर पेजमा गएपछि First line माआफुले भर्न चाहेको वि.नं. विषय र तह select गरेपछि + sign मा click गरेर भर्न चाहेको विषयमा add भएपछि Bank मा जम्मा गर्ने रकमको विवरण देखिनेछ त्यस पछि अगाडिको process मा जान सक्नु हुनेछ । बैकमा बुझाउने रकम 0 (जिरो)दे खाएको अवस्थामा फारम submit हुनेछैन ।

2 फाराम भर्दा एकै ब्यक्तिले ३ बटै तहमा भर्न परेमा Right side को + sign मा Click गरेर थप गर्न सकिने छ ।
फाराम भर्दा राम्रोसंग दोहोरो check गरेर भर्नु होला, केहि त्रुटि भएमा फारम submit गर्नु अघि नै सच्याउनु होला । फारम submit भएपछी सच्याउन पाउने छैन l

3.फोटो र दस्तखत अपलोड गर्दा दिएको निर्देशन वमोजिमको साइजमा jpeg/jpg फरम्याटमा Upload गर्नुपर्नेछ जसको size(memory) २०० KB भन्दा कम हुनु पर्नेछ l
तपाई योग्य उम्मेदवार हो भन्ने आयोग सुनिश्चित भएमा तपाइको प्रवेशपत्रमा तपाईले राख्नु भएको फोटो र दस्तखत नै आउने हुनाले सहि फोटो र दस्तखत राख्नु होला l

4."माथि उल्लेखित सवै विवरण सहि भयो । यसमा कुनै सुधार गर्नु पर्नेछैन भन्ने " बटनमा check लगाएपछि पुन फारम को शुरुमा जानेछ । यसमा पुन: एक पटक आफुले भरेको विवरण सहि भयो भएन भनेर check गर्ने र अगाडी बढ्ने।

5.जरुरि सबै जानकारी भरी सकेपछि मात्र फारम submit गर्नुपर्नेछ । गलत information भरेर submit गरेमा पुन : सच्याउन मिल्ने छैन ।
अनलाइन फाराममा दिएको निर्देशन वमोजिम सहि तथ्य सहितको विवरण भरेर पछि फरक नपर्ने गरी फाराम भरेर परीक्षाको लागि योग्य उम्मेदवार बन्नोस l

6.बैंक भौचर Print गर्ने ।

7.फारम submit भएपछी Bank Voucher को प्रिन्ट preview देखिनेछ ।

8.प्रिन्ट preview न आएको खण्डमा Refresh गर्नु अनि प्रिन्ट button आउछ यसमा click गरेर प्रिन्ट गर्न सक्नु हुने छ

9.सो print गरेर बैंकमा रकम बुझाएपछि बैंकबाट कारोबार संकेत नं. प्राप्त हुने छ l फेरि online application मा आएर login को पेज खुलेपछि बैंक भौचर मा Click गर्ने । मागेको विवरण भर्ने। जसमा user Id मा अघि फारम भर्दाको Email id, password, application id(एप्लीकेसन आइ.डी),कारोबार संकेत नं. ( अंग्रेजी मा type गर्नु होला) मा राख्ने

10.confirm गरेर submit गर्ने ।

11. (application id(एप्लीकेसन आइ.डी) र कारोबार संकेत नबैंकले दिएको ग्राहक कपि मा हुनेछ l)
application ID(एप्लीकेसन आइ.डी)कारोबार संकेत न सच्याउन नपर्ने गरि मिलाएर राख्नु होला पछि सच्याउन पाउने छैन l यी नम्बरहरु नमिलेमा आयोगले फारम स्वीकार गर्न बाध्य हुने छैन l

12.बधाइ छ तपाईको अध्यापन अनुमतिपत्रको फाराम पेश भयो भन्ने मेसेज आएपछि फाराम भरिएको मानिनेछ ।

13.अनलाइन फाराममा दिएको निर्देशन वमोजिम सहि तथ्य सहितको विवरण भरेर पछि फरक नपर्ने गरीफाराम भरेर परीक्षाको लागि योग्य उम्मेदवार बन्नोस र अन्तमा Log Out गर्नुहोस् ।


तपाई यहावाट Direct फारम बुझाउन सक्नुहुनेछ।Click Here
SHARE

Sammar

Hy,i am Sammar,Give your feedback to my post and please share my post and thank you to vsit my website

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment